भक्तपुरमा ढलौटका सामान चोरीमा संलग्न चार भारतीय सार्वजनिक

भक्तपुरमा ढलौटका सामान चोरीमा संलग्न चार भारतीय सार्वजनिक

भक्तपुर। भक्तपुरको एक उद्योगबाट ३० कात्तिकम ढलौटका विभिन्न सामान चोरी गरी फरार भएका गिरोहका चार भारतीय नागरिकलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पाँच दिनपछि पक्राउ गरेर आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा भारत मोतिहारी घर भई काठमाडौँ महानगरपालिका-३२ बानेश्वर बस्ने ३० वर्षीय मुन्ना साह, सोही ठाउँ बस्ने ३५ वर्षीय नारद साहु, भारत हैदराबाद घरभई काठमाडौँ महानगरपालिका-९ सिनामङ्गल बस्ने १८ वर्षीय बैंकटेस गिरी र सोही ठाउँका १८ वर्षीय राजु गिरी रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। काठमाडौँ महानगरपालिका-९ सिनामङ्गलस्थित मुन्ना साहको कवाडी पसलमा बिक्री गरेको चोरीका सामानसहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित दुवाल आर्ट एन्ड ह्यान्डिक्राफ्ट उद्योगबाट उनीहरूले ढलौटको करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरू चोरी गरेको अनुसन्धानका क्रममा खुलेको उनले जानकारी दिए।

उनीहरूका साथबाट प्रहरीले २९ किलो ५०० ग्रामको ढलौटको करुवाको बैठक, ७४ किलो ढलौटको करुवाको मुख, ४७ किलो पानसको छड र ४८ किलो कच्चा पदार्थ बरामद गरेको उनले जानकारी दिए।

पक्राउपछि भक्तपुर जिल्ला अदालतबाट चोरी मुद्दामा पाँच दिन म्याद थप गरी उनीहरूमाथि अनुसन्धान शुरु गरिएको गिरीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved