जाभीको सुखद् शुरुआत

नेपालभ्युज

जाभीको सुखद् शुरुआत

काठमाडौं। पूर्वस्टार खेलाडी जाभीले बार्सिलोनाको प्रशिक्षक भएपछि पहिलो खेल नै जित्दै नयाँ युगको सुखद् शुरुआत गरेका छन्। खेलमा भाग्यमानी साबित बार्सिलोनाले एक मात्र पेनाल्टी गोलको मद्दतमा स्पानियोललाई १-० गोल अन्तरले हरायो।

बार्साको जितमा एक मात्र निर्णायक गोल मेम्फिस डिपायले ४८ औ मिनेटमा गरेका थिए। जितपछि बार्सा १३ खेलमा २० अंक जोड्दै लिगको छैठौं स्थानमा उक्लेको छ। लिग लिडर सेभिल्लाको समान खेलमा २८ अकं छ।

पूर्व स्पानिस मिडफिल्डर जाभीले करिअरमा १७ वर्ष एक मात्र क्लब बार्सिलोनाबाट मात्र व्यावसायिक फुटबल खेलेका थिए। यो समयमा उनले बार्साबाट सात सय ६७ खेल खेल्दा २५ उपाधि जितेका थिए।

उनी इन्ड्रेस इनिएस्टा र मेस्सीसमेत रहेको टिमलाई बार्सिलोनाको सबैभन्दा सफल युग मानिन्थ्यो। त्यो ‘जेनेरेसन’ को समाप्तीसँगै हाल बार्सिलोनाको टिम निकै खराब फर्ममा छ।

त्यसैले बार्सिलोनाको साख जोगाउन जाभी प्रशिक्षकको रुपमा पुनः टिममा फर्किएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved