एमाले महाधिवेशन

धनुषामा महासेठले एकलौटी गरेको भन्दै विरोध

महोत्तरीमा पूर्व माओवादी नेता र एमालेबीच फाटो

एमालेका प्रदेश सांसद समेत रहेका किशोरी साह ‘कमल’सहितका नेताहरूले शनिबार जनकपुरधाममा पार्टीका नेता महासेठले मनोमानी गरेको भन्दै विरोध जुलुस नै निकाले।

धनुषामा महासेठले एकलौटी गरेको भन्दै विरोध

जनकपुरधाम। नेकपा एमालेको १० औँ महाधिवेशनका लागि प्रदेश २ मा प्रतिनिधि छनौटमा नेता रघुवीर महासेठले एकलौटी गरेको भन्दै विरोध भएको छ। नेता महासेठविरुद्ध केही नेता कार्यकर्ताहरूले जनकपुरधाममा विरोध प्रदर्शन नै गरे। यता महोत्तरीमा पनि पूर्व माओवादी केन्द्रबाट एमालेमा आएका नेता कार्यकर्ता र एमालेबीच फाटोको स्थिति देखिएको छ।

एमालेका प्रदेश सांसद समेत रहेका किशोरी साह ‘कमल’सहितका नेताहरूले शनिबार जनकपुरधाममा पार्टीका नेता महासेठले मनोमानी गरेको भन्दै विरोध जुलुस नै निकाले।

स्थायी समिति सदस्य समेत रहेका महासेठले महाधिवेशन प्रतिनिधि छनोटमा मनोमानी गरेको भन्दै प्रदेश सांसद साहको नेतृत्वमा प्रदर्शन भएको हो। रेल्वे स्टेसनबाट निकालिएको विरोध र्‍याली नगरको विभिन्न भाग परिक्रमा गर्दै एमाले पार्टी कार्यालयमा गएर टुङ्गिएको थियो। प्रदर्शनकामा एमालेका नेता÷कार्यकर्ताले महासेठविरुद्व नाराबाजी गरेका थिए।

‘‘महासेठले आफ्ना आसेपासे र नातागोतालाई मात्रै महाधिवेशन प्रतिनिधि बनाएका छन्’’ उनले भने, ‘‘त्यहीँ कारण प्रदर्शनमा उत्रनुपरेको हो।’’
महासेठले गलत प्रक्रियाबाट छनौट गरेका प्रतिनिधि खारेज गरेको आरोप छ।

एमालेको प्रदेशका प्रमुख सचेतक समेत रहेका साहले महासेठले पार्टीमा तानाशाह बनेर महाधिवेशन प्रतिनिधि छनोट गरेको बताए। ‘‘महासेठले आफ्ना आसेपासे र नातागोतालाई मात्रै महाधिवेशन प्रतिनिधि बनाएका छन्’’ उनले भने, ‘‘त्यहीँ कारण प्रदर्शनमा उत्रनुपरेको हो।’’
महासेठले गलत प्रक्रियाबाट छनौट गरेका प्रतिनिधि खारेज गरेको आरोप छ।

एमाले धनुषामा नेता महासेठले एकलौटी गरेको भन्दै भएको विरोध प्रदर्शन

उनले योग्य तथा क्षमतावानलाई प्रतिनिधि पठाउन माग गर्दै साहले माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेका नेताहरूलाई समेत बेवास्ता गरेको आरोप लगाए। धनुषा जिल्लामा सहमतिबाट नै महाधिवेशन प्रतिनिधि चयन भएको बताइए पनि पूर्व माओवादीलाई उपेक्षा गरिएको आरोप छ। महासेठ समूहले एकलौटी गरेको आरोप असन्तुष्ट नेताहरूले लगाएका छन्।

धनुषामा ५३ जना प्रतिनिधि मध्ये ३ जना दलित, १५ जन महिला र ३५ जना पुरुष महाधिवेशन प्रतिनिधि छानिएका छन्। असन्तुष्ट नेताहरूले पूर्वमाओवादीलाई जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा २–२ जना प्रतिनिधि दिइएको छ। कतिपय नेताहरूका अनुसार ५३ जना प्रतिनिधि मध्ये ४० जना महासेठ निकट रहेका छन्।

धनुषा जिल्लामा सहमतिबाट नै महाधिवेशन प्रतिनिधि चयन भएको बताइए पनि पूर्व माओवादीलाई उपेक्षा गरिएको आरोप छ।

यता एमाले महोत्तरीको महाअधिवेशन प्रतिनिधि चयन अझै निष्कर्षमा पुग्न सकेको छैन। अन्य जिल्लामा प्रतिनिधिको टुङ्गो लागि सक्दा पनि महोत्तरीमा भने महाधिवेशन प्रतिनिधिका लागि आकांक्षीहरूबीच विवाद लम्बिँदै गएको छ। यसअघि एमालेको एक पक्षले प्रतिनिधि छनौट सर्वसम्मत भएको भन्दै प्रदेशमा नाम पठाइसकेको छ।

तर, अर्को पक्षले भने असन्तुष्ट जनाउँदै आएको छ। महोत्तरीमा एमालेका १७ हजार सात सय सदस्य छन्। चारवटै क्षेत्रबाट सदस्य सङ्ख्याको आधारमा ३० जनासम्म प्रतिनिधि चयन गर्नुपर्ने एमाले महोत्तरीका इन्चार्ज टेकबहादुर बलाम्पाकीको भनाइ छ।

यता, नेकपा एमाले प्रदेश इन्चार्ज रघुवीर महासेठले प्रतिनिधि चयनमा कुनै विवाद नरहेको दाबी गरेका छन्। उनले महोत्तरीको पनि सर्वसम्मत नाम आइसकेको जिकिर गरे। तर, एक पक्षीय ढंगले आफूखुसी नाम राखेर प्रदेशमा पठाएको अर्को पक्षको आरोप छ।

महाअधिवेशन नजिकिँदै गर्दा महोत्तरीमा के गर्ने भन्ने अन्योल बढेको छ। इन्चार्ज महासेठले यदि विवाद भएको भए पुनरावोलन गर्न सकिने पनि बताए। ‘हामी पार्टीको विधानअनुसार निर्वाचन आयोग गठन गरेर पनि अगाडि बढ्न सक्छौँ,’ उनले भने। नेकपा एमालेले २७ कात्तिक भित्र देश भरीबाट महाअधिवेशन प्रतिनिधि चयन गरिसक्न निर्देशन दिएको थियो।

पूर्वमाओवादी केन्द्रका नेता र एमालेबीच फाटोको स्थिति

माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरी महोत्तरीको इन्चार्ज बनेका टेकबहादुर बलाम्पाकीको निर्णयप्रति एमालेका नेताहरूले आपत्ति जनाएका छन्। उनले एउटा होटेलमा बसेर ‘कोठे निर्णय’ गरेको र एमालेमा लामो समयसम्म योगदान गरेकाहरूलाई बेवास्ता गरेको बताउँदै आएका छन्। ‘इन्चार्ज बलाम्पाकीले जबरजस्ती नाम पठाउनुभएछ। त्यसमा हाम्रो पूर्ण असहमति छ,’ नेता सन्त परियारले भने। बलाम्पाकीले पार्टीमा गुट उपगुट बनाउन लागेको नेताहरूको आरोप छ। बलाम्पाकीले एकतर्फी निर्णय गरेर पठाएको नाममा पुनरावलोकन हुनु पर्ने महोत्तरीका नेताहरूले अडान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved