एमाले महाधिवेशनमा ६० अन्तर्राष्ट्रिय पार्टीलाई निम्तो, ओलीले रात्रिभोज दिने

नेपालभ्युज

एमाले महाधिवेशनमा ६० अन्तर्राष्ट्रिय पार्टीलाई निम्तो, ओलीले रात्रिभोज दिने
थापाथलीस्थित एमाले पार्टी कार्यालय

काठमाडौं। नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न देशका ६० वटा पार्टीलाई निम्तो दिइएको छ । दशौं महाधिवेशन अतिथि सत्कार कमिटीका संयोजक डा. राजन भट्टराईले ती मध्ये अधिकाश अन्तराष्ट्रिय पार्टीले निम्तो स्विकार्दै नेपाल आउने जानकारी दिएको बताए ।
अतिथिहरु ढिलोमा मंसिर ९ गतेसम्म काठमाडौँ आइपुग्ने उनले बताए। एनले भने ‘पाहुनाहरु ९ गते नै काठमाडौं आइपुग्नुहुन्छ। उहाँहरुलाई १० गते बिहान काठमाडौँबाट चितवन लैजान्छौँ।’

विदेशी पाहुनाहरुका लागि अध्यक्ष केपी शर्मा ओलीले चितवनमा रात्रिभोजको आयोजना गर्नेछन्। उनीहरुलाइ चितवनमै राख्ने व्यवस्था गरिएको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved