प्रचण्ड-विप्लव भेटवार्ता, के के भयो कुराकानी ?

नेपालभ्युज

प्रचण्ड-विप्लव भेटवार्ता, के के भयो कुराकानी ?
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) र विप्लव नेतृत्वको नेकपा सहकार्य गरेर जान सहमत भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज भएको भेटमा प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो। दुवैबीच सहकार्य गर्नेसम्बन्धी  सैद्धान्तिक सहमति भएको हो।

स्रोतका अनुसार प्रचण्डले पार्टी एकता प्रक्रियामा आउन आग्रह गरेका थिए। जवाफमा विप्लवले तत्काल पार्टी एकताभन्दा पनि दुई पार्टीबीच सहकार्य गर्न सकिने बताएका थिए।

विप्लवले केन्द्रदेखि तल्लो तहको कमिटीसम्म दुई पार्टीका नेता तथा कार्यकर्ताबीच सहकार्य गरेर जान सकिने धारणा राखेका थिए। त्यसका लागि शीर्ष नेताहरूबाटै पहल हुनुपर्ने उनको भनाइ थियो।

सैद्धान्तिक विषयमा भने आपसी रूपमा छलफल गर्दै जाने विषयमा पनि प्रचण्ड र विप्लव सकरात्मक भएको बताइएको छ।

प्रचण्डले पछिल्लो समय कम्युनिष्ट पार्टीहरूबीच एकता र धुव्रीकरणको प्रस्ताव गर्दै आएका छन्। विप्लव नेतृत्वको नेकपासँग एकताका लागि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पहल गर्दै आएका छन्।

नेकपा नेता धर्मेन्द्र बास्तोताले भने पार्टी एकताका विषयमा भन्दा पनि दुई पार्टीबीच सहकार्य गरेर जान सकिने विषयमा छलफल हुँदै आएको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved