८५ मिनेटका लागि कमला ह्यारिस अमेरिकी राष्ट्रपति बनिन्

नेपालभ्युज

८५ मिनेटका लागि कमला ह्यारिस अमेरिकी राष्ट्रपति बनिन्

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार पाउने पहिलो अमेरिकी महिला बनेकी छन्। राष्ट्रपति जो बाइडेनको नियमित स्वास्थ्य जाँचका क्रममा उनलाई यो अधिकार दिइएको थियो।

५७ वर्षीय ह्यारिसलाई ८५ मिनेटका लागि राष्ट्रपतिको अधिकार दिइएको थियो भने बाइडेन शुक्रबार आफ्नो नियमित कोलोनोस्कोपिको क्रममा एनेस्थेसियामा थिए।

ह्वाइट हाउसले भनेको छ- डेमोक्रयाट बाइडेनले स्थानीय समयअनुसार बिहान १० बजेर १० मिनेटमा संसद्का नेताहरूलाई शक्ति हस्तान्तरणबारे जानकारी दिए र त्यसपछि ११ बजेर ३५ मिनेटमा मा शक्ति फिर्ता लिए।

शल्यक्रियापछि बाइडेनका डाक्टरले एक विज्ञप्ति जारी गर्दै बाइडेन अहिले स्वस्थ र आफ्नो काम गर्न सक्षम रहेको बताएका छन्। राष्ट्रपतिको ७९ औं जन्मदिनको साँझ वासिङ्टन बाहिर वाल्टर रीड मिलिटरी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।

अधिकारीहरुका अनुसार यस समयमा ह्यारिसले ह्वाइट हाउसको वेस्ट विंगमा रहेको आफ्नो कार्यालयबाट सबै काम गरिन्।

उनी अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित हुने पहिलो महिला र पहिलो अश्वेत र दक्षिण एशियाली अमेरिकी महिला हुन्। अमेरिकी लोकतन्त्रको २५० वर्ष लामो इतिहासमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति बन्न सकेका छैनन्।

राष्ट्रपतिको शक्ति हस्तान्तरणको प्रक्रिया अमेरिकी संविधानको २५ औं संशोधनअन्तर्गत रेकर्ड गरिएको छ। राष्ट्रपतिले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा यस्तो हुन सक्छ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले यस परिस्थितिमा शक्तिको अस्थायी हस्तान्तरण अभूतपूर्व नभएको र यो अमेरिकी संविधान अन्तर्गतको प्रक्रियाको हिस्सा भएको बताए।

उनले आफ्नो विज्ञप्तिमा भनेका छन् – सन् २००२ र २००७ मा जर्ज डब्ल्यु बुस अमेरिकाको राष्ट्रपति हुँदा यही प्रक्रिया अपनाइयो।’

बीबीसीबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved