वार्ताका लागि बारलाई प्रधानन्यायाधीशले पठाए पत्र

नेपालभ्युज

वार्ताका लागि बारलाई प्रधानन्यायाधीशले पठाए पत्र

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत नेपाल बार एशोसिएसनलाई वार्ताका लागि पत्र पठाएका छन्। शुक्रबार प्रधानन्यायाधीश जबराले विवाद समाधानका लागि छलफल गर्न पत्र पठाएको बार स्रोतले जानकारी दिएको छ।

शुक्रबार दिउँसो १ बजेदेखि आन्दोलनलाई गति दिन बारका पदाधिकारी र सल्लाहकारको बैठक बसिरहेको छ। बैठक शुरु हुनु अगाडि जबराले वार्ताका लागि पत्र पठाएको उक्त स्रोतले बताएको छ।

उक्त पत्र बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पढेर सुनाएका थिए। तर प्रधानन्यायाधीशको राजीनामा नै आफ्नो माग भएको बताउँदै आफूहरू वार्तामा नजाने उनले बताए।

“सो पत्रको विषयमा दुवै बारका पदाधिकारी र सल्लाहकारबीच छलफल चलिरहेको छ,” उनले भने, “हामी वार्तामा नजाने सोचमा छौँ। यसबारे आधिकारिक निर्णय हुन बाँकी छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved