पछिल्लो २९९ मा कोरोना संक्रमण, ६ को मृत्यु

नेपालभ्युज

पछिल्लो २९९ मा कोरोना संक्रमण, ६ को मृत्यु

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा ९०, भक्तपुरमा ५ र ललितपुरमा २५ जना कोरोना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८९ पुगेको छ। बिहीबार २६० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ६४२ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घण्टामा ७ हजार ८६३ पीसीआर तथा ३ हजार २८८ एन्टिजेन परीक्षण भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved