भ्रष्ट्राचार र बिचौलियाको नाइके चोलेन्द्रलाई पदच्युत गरेरै छाड्छौँ– बार अध्यक्ष श्रेष्ठ

नेपालभ्युज

भ्रष्ट्राचार र बिचौलियाको नाइके चोलेन्द्रलाई पदच्युत गरेरै छाड्छौँ– बार अध्यक्ष श्रेष्ठ

काठमाडौं। नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूहरूको आन्दोलन दबाउनका लागि बिचौलिया र भिजिलान्ते प्रयोग गरेको आरोप लगाएका छन्। बिहीबार बारले गरेको आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले दमनको प्रयास विफल पार्ने र प्रधानन्यायाधीश जबरालाई पदच्युत गरेरै छाड्ने बताए।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा भ्रष्ट्राचार र बिचौलियाको नाइके भएको समेत आरोप लगाए। उनले भने ‘‘हाम्रो आन्दोलन कमजोर पार्न प्रहरीले नियतवश हतियारसहितका प्रहरी र भिजिलान्ते प्रयोग गरिएको छ। हामी विधिको शासन कायम गर्न लडिरहनेछौँ। अदालतको बिचौलिया हटाएरै छाड्छौँ। न्यायको किनबेच भइरहेको छ। त्यो हामी अन्त्य गरेरै छाड्छौँ, प्रधानन्यायाधीश जबरालाई पदच्युत गरेरै छाड्छौं’’

उनले सर्वोच्च अदालतलाई युद्ध मैदानजस्तो बनाइएको भन्दै बारले आपत्ति समेत जनाए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै धर्ना दिँदै आएका कानुन व्यवसायीमाथि सर्वोच्च अदालत परिसरमै प्रहरीबाट धरपकड भएपछि बारले पत्रकार सम्मेलन गरेर विरोध जनाएको हो। बारले घटनाको अन्तर्राष्ट्रियकरण गर्ने समेतको चेतावनी दिएको हो। यसैवीच बारले तेस्रो चरणको आन्दोलन थप कडा बनाउने बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved