सर्वोच्च परिसरमा वकिल र प्रहरीबीच तनाव, १० जना घाइते

सर्वोच्चको मुल गेटबाट प्रधानन्यायाधीश जबरा छिर्ने गेटतर्फ जान लागेका कानून व्यवसायीलाई प्रहरीले रोक्न खोज्दा धकेलाधकेल हुँदा १० जनाभन्दा बढी घाइते भएका हुन्।

सर्वोच्च परिसरमा वकिल र प्रहरीबीच तनाव, १० जना घाइते

काठमाडौं। सर्वोच्च अदालत परिसरमा प्रहरी र कानून व्यवसायीबीच तनावग्रस्त परिस्थिति सिर्जना हुँदा भएको धकेलाधकेलमा १० जनाभन्दा बढी घाइते भएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएशनसम्बद्ध कानून व्यवसायी र प्रहरीबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएका हुन्।

सर्वोच्चको मुल गेटबाट प्रधानन्यायाधीश जबरा छिर्ने गेटतर्फ जान लागेका कानून व्यवसायीलाई प्रहरीले रोक्न खोज्दा धकेलाधकेल हुँदा १० जनाभन्दा बढी घाइते भएका हुन्।

घाइते हुनेमा नेपाल बारका पदाधिकारी तथा अन्य कानून व्यवसायी रहेका छन्। घाइते भएका बारका केन्द्रीय सदस्य प्रकाश महर्जनलाई अस्पताल लगिएको छ।

अन्य घाइतेहरुमा कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे लगायत रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved