कतार एयरवेज थप एक वर्षका लागि ‘ए’ डिभिजन लिगको मुख्य प्रायोजक

नेपालभ्युज

कतार एयरवेज थप एक वर्षका लागि ‘ए’ डिभिजन लिगको मुख्य प्रायोजक

काठमाडौं। कतार एयरवेजले शहीद स्मारक ‘ए’ डिभिजन लिगको मुख्य प्रायोजकको सम्झौता एक वर्षका लागि थप गरेको छ। बुधबार अखिल नेपाल फुटबल संघ(एन्फा)को केन्द्रीय कार्यालय सातदोबाटोमा भएको कार्यक्रममा एयरवेजले सम्झौता नवीकरण गरेको हो।

सम्झौता अनुसार एयरवेजले मुख्य प्रायोजकका रुपमा एक वर्षका लागि डेढ लाख अमेरिकी डलर एन्फालाई प्रदान गर्नेछ। यो करीब १ करोड ८० लाख नेपाली रुपैयाँ हुन आउँछ।

गत संस्करणमा पनि कतार एयरवेजले यही रकममा लिगलाई मुख्य प्रायोजन गरेको थियो। सम्झौतापत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र एयरवेजका नेपाल तथा बंगलादेशका लागि व्यवस्थापक मोहम्मद ईआई इमामले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले अर्को संस्करणको लिगमा यो सम्झौतालाई बढाएर वार्षिक पाँच लाख अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved