आईएमडीबी रेटिङको पहिलो स्थानमा ‘जय भीम’

जय भीम तालिम चलचित्रको क्षेत्रमा नयाँ आयामको एक पाटो हो। पछिल्लो समय तालिम चलचित्रका नयाँ निर्देशकहरूले पनि दलित समुदायले भोग्नु परेको समस्याका विषयमा चलचित्र निर्माण गर्न थालेका छन्।

नेपालभ्युज

आईएमडीबी रेटिङको पहिलो स्थानमा ‘जय भीम’

एजेन्सी । तामिल भाषाको चलचित्र ‘जय भीम’ चलचित्र पारखीमाझ निकै लोकिप्रिय बनेको छ।

भारतको मुलाधारको बलिउड फिल्मले खास राम्रो समीक्षा नपाउँदा दक्षिण भारतीय फिल्मले भने निकै राम्रो प्रशंसा कमाइरहेको छ। विषयवस्तु, अभिनयलगायत पक्षबाट यसले दर्शकको मन जित्न सफल भएको हो। फिल्मको रेटिङ गर्ने आईएमडीबीमा ‘जय भीम’ सबैभन्दा माथि छ।

यसको मतलब हुन्छ यसअघि राम्रा भनी कहलिएर रेटिङको माथिल्लो स्थानमा रहेका ‘द शौशैंक रिडेप्शन’ र ‘द गडफादर’भन्दा पनि जय भीम माथि हुनु। जय भीम भारतका दलित समुदायको न्यायमा पहुँचको अवस्था कस्तो छ भनेर देखाइएको चलचित्र हो।

चलचित्रको शुरुआतमै पुलिसले अपराधमा संलग्न रहेका व्यक्तिहरूलाई जातका आधारमा विभाजन गरेको देखाउँछ। माथिल्लो जातका मानिसले गरेको अपराधमा उन्मुक्ति दिँदै गर्दा कथित तल्लो जातका मानिसलाई भने नगरेको अपराधका लागि पनि जेल चलान हुन्छ।

चलचित्रको यो दृश्यमा दलित समुदायका मानिसहरू अत्यन्तै डराएको देखाउँदै गर्दा जातकै आधारमा मात्रै मानिसले पुलिसको दुर्व्यवहार व्यर्होनुपर्दाको पीडा देखाइएको छ। यो फिल्मको शुरुआती दृश्य भए पनि, यसमार्फत अरूले गरेका गलत कामका लागि दलित समुदायका मानिसले निरन्तर यस प्रकारको दुर्व्यवहारमा भोग्नु परेको बुझ्न सकिन्छ।

भारतमा कुल २० प्रतिशत दलित समुदाय छन्। भारतीय कानूनले उनीहरूको सुरक्षाका लागि आवश्यक प्रावधान गरे पनि निसाफमा भने उनीहरू तल परेको देखाइन्छ।

भारतको संविधान लेख्ने बीआर अम्बेडकर आफै दलित थिए, उनले दलित समुदायको हकहितलाई संविधानका प्रावधानमा लेखे पनि त्यो व्यवहारमा लागू भएको छैन। संविधानमा कुनै पनि व्यवस्थाको उल्लेख गर्नु र व्यवहारमा त्यो लागू हुनु दुई फरक विषय भएको फिल्ममा देखाइएको छ।

टीजे ज्ञानवेलीले निर्देशन गरेको यस चलचित्रको मुख्य भूमिकामा तामिल अभिनेता सूर्या छन्। चलचित्रमा एक न्यायप्रेमी वकिलको भूमिकामा देखिएका सूर्याले गर्भवतीका श्रीमानको न्यायका लागि वकालत गर्छन्। दलित परिवारका यी व्यक्तिलाई गाउँका प्रधानपञ्चको घरमा चोरी गरेको आरोपमा जेल चलान गरिएको हुन्छ, जुन उनले गरेका हुँदैनन्।

गाउँको प्रधानपञ्चको घरमा भएको चोरी पत्ता लगाउन नसक्दा दबाबमा आएको प्रहरीले गिरफ्तार गरेको आरोपित र उनका परिवारका अन्य दुई सदस्यलाई चोरी कबुल गर्न दमन गर्छन्। भने, केही समयपछि उनीहरू जेलबाट भागेको प्रहरीले दाबी गर्छ।

जय भीम तालिम चलचित्रको क्षेत्रमा नयाँ आयामको एक पाटो हो। पछिल्लो समय तालिम चलचित्रका नयाँ निर्देशकहरूले पनि दलित समुदायले भोग्नु परेको समस्याका विषयमा चलचित्र निर्माण गर्न थालेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved