शुक्रबार उच्च पहाडी भेगमा हिमपात हुने

नेपालभ्युज

शुक्रबार उच्च पहाडी भेगमा हिमपात हुने
फाइल तस्वीर

काठमाडौं । शुक्रबार देशभरका पहाडी भूभागमा आंशिक बदली हुने तथा उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुने महाशाखाले उल्लेख गरेको छ। अहले पनि देशभरका विभिन्न पहाडी क्षेत्रमा आंशिक बदली भइरहेको र अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

भोलि पनि देशका विभिन्न पहाडी भूभागमा बदली हुन सक्ने महाशाखाले उल्लेख गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved