ब्राजिल र अर्जेन्टिनाले बराबरी खेले

नेपालभ्युज

ब्राजिल र अर्जेन्टिनाले बराबरी खेले

काठमाडौं । कतार विश्वकप २०२२ छनोटका लागि भएको खेलमा अर्जेन्टिना र ब्राजिलले बराबरी खेलेका छन्। आज बिहान भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।

जारी छनोट खेलको दक्षिण अमेरिकी समूहको शीर्ष स्थानमा ब्राजिल छ। उसले १३ खेलबाट अपराजित रहँदै ३५ अंक जोडेको छ। ब्राजिल यो खेलअघि नै कतार विश्वकप २०२२ का लागि छनोट भइसकेको छ भने अर्जेन्टिनाका लागि अझै एक जित अनिवार्य छ।

अब अर्जेन्टिनाले यद्यपि चिलीविरुद्ध इक्वेडरको सम्भावित जित कुर्नुपर्नेछ। जसले अर्जेन्टिनाले कतार विश्वकपमा प्रत्यक्ष ठाउँ पाउनेछ। यदि त्यसो नभएन अर्जेन्टिनाले २०२२ को शुरुवातसम्म पर्खनुपर्ने हुन्छ।

आज बिहानको बराबरीले पनि अर्जेन्टिनालाई खासै असर गरेको छैन। किनिक विश्वकप छनोट हुन अर्जेन्टिनासँग अझै धेरै सम्भावना बाँकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved