सामान्य वादविवादमै चक्कु हानी दाजुको हत्या

नेपालभ्युज

सामान्य वादविवादमै चक्कु हानी दाजुको हत्या
सांकेतिक तस्वीर

इलाम। ३५ वर्षीय दाजु इच्छा मुखियालाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका-१ चाँपगैरी बस्ने ३० वर्षीय भाइ चक्रलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

काकाको घरमा मादक पदार्थ खाई गरी बसिरहेको अवस्थामा सामान्य वादविवाद भएपछि चक्रले चक्कु प्रहार गर्दा दाजुको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलाम र प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले चक्रलाई चक्कुसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved