झूटो विवरण बुझाएर प्रहरीमा भर्ना, असईसहित शिक्षकलाई पनि कारबाही

नेपालभ्युज

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई)सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। बाराको इलाका प्रहरी कार्यालय सिमरौनगढमा कार्यरत असई वीरेन्द्र महतोसहित तीन जनाविरुद्ध अख्तियारले काठमाडौँस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

आफ्नो नागरिकता र एसएलसीको प्रमाणपत्रमा जन्म मिति सच्चाई प्रहरीमा भर्ना भएको आरोप महतोमाथि छ। अनुसन्धान हुँदा असई महतोले जन्म मिति सच्चाएर प्रहरीमा भर्ना गरेको पाइएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए।

साथै जवानबाट उनी सोही नक्कली प्रमाणपत्र पेश गरी असईमा बढुवा समेत भएका थिए। उनीसँगै सरस्वती माध्यमिक विद्यालय, पिपरा, रौतहटमा तत्काल कार्यरत प्रधानाध्यापक रवीन्द्र झा र शिक्षक मुकेशकुमार सिंहविरूद्ध पनि मुद्दा दायर भएको छ। उनीहरूले प्रमाणपत्र जारी गर्दा जन्ममिति सच्याएर आफूहरूलाई फाइदा हुने काम गरेको अख्तियारले जनाएको छ। सो आरोप पुष्टि भएको भन्दै अख्तियारले उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved