सर्लाहीमा घुससहित दुई वडा सदस्य समातिए

नेपालभ्युज

सर्लाहीमा घुससहित दुई वडा सदस्य समातिए
सांकेतिक तस्वीर

जनकपुरधाम । सर्लाहीको ईश्वरपुर वडा नं ११ बेलामा दुई जना वडा सदस्य घुस रकमसहित सोमबार पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले बेलाका वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई सेवाग्राहीसँग घुस लिँदालिदै गरेको अवस्थामा पक्राउ गरेको हो।

ढलानसम्बन्धी काम सम्पन्न भएपछि उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग लिएको एक लाख ५० हजार रुपैयाँसहित उनीहरूलाई समाइएको अख्तियारले जनाएको छ।

वडासदस्यद्वय लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी बजारमा सञ्चालित कृष्ण इन्टरप्राइजेजबाट समातिएका हुन्। बेला भलुवाहीमा भर्खरै २५ लाख रुपैयाँ बजेटमा सडक ढलान कार्य सम्पन्न भएको छ। सोही मुद्दामा उनीहरू पक्राउ परेका हुन्।

उनीहरूलाई अख्तियारको बर्दिबास कार्यालयले थप अनुसन्धानका लागि काठमाडौंस्थित केन्द्रीय कार्यालयमा पठाउने तयारी गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved