ललितपुरका मेयर महर्जनलाई फ्रान्समा ‘मानार्थ नागरिक’ सम्मान

मेयर महर्जन लामोद गोवास नगरले ‘मानार्थ नागरिक’बाट सम्मान गरेको पहिलो नेपाली नागरिक तथा नगरका लागि दोस्रो विदेशी नागरिक भएका छन्।

नेपालभ्युज

ललितपुरका मेयर महर्जनलाई फ्रान्समा ‘मानार्थ नागरिक’ सम्मान

काठमाडौं। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई फ्रान्समा मानार्थ नागरिक (अनरी सिटिजन) पदवीले सम्मान गरिएको छ। फ्रान्समा भइरहेको मेयरहरुको सम्मेलनमा भाग लिन फ्रान्स पुगेका मेयर महर्जनलाई एक कार्यक्रमका बीच “लामोद गोवास” नगरले पदक र प्रमाणप्रत्रका साथमा सम्मान गरेको हो।

मेयर महर्जन लामोद गोवास नगरले ‘मानार्थ नागरिक’बाट सम्मान गरेको पहिलो नेपाली नागरिक तथा नगरका लागि दोस्रो विदेशी नागरिक भएका छन्। मेयर महर्जनसहित नेपाल-फ्रान्स मैत्री संघका अध्यक्ष विनोद खकुरेललाई पनि उक्त नगरले पदकका साथमा सम्मान गरेको छ।

मेयर महर्जनले त्यस क्षेत्र (हिमाली क्षेत्र)का जनप्रतिनिधिहरुसँग भेटघाट तथा छलफल पनि गरेका छन्। साथै, उनले एक नेपालसम्बन्धी प्रदर्शनीमा सहभागिता जनाएका छन्। प्रदर्शनीमा स्थानीय कलाकारहरुले नेपालसम्बन्धी मूर्ति, चित्रकला तथा अन्य विविध सामग्रीहरु प्रदर्शनमा राखेका थिए।

फ्रान्सका मेयर संगठनका अध्यक्ष फँस्वा बार्रवाको निमन्त्रणामा पेरिसमा १६ नोभेम्बरदेखि हुने मेयरहरुको सम्मेलनमा भाग लिन महर्जनसहित तीन सदस्यीय टोली फ्रान्स पुगेका हो। मेयर महर्जनले फ्रान्सका हिमाली क्षेत्रको भ्रमण गर्ने तथा विभिन्न क्षेत्रका मेयरहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ।

फ्रान्समा प्रत्येक वर्ष मेयर सम्मेलन हुने गरेको छ। यो १०३ औँ मेयर सम्मेलन हो। फ्रान्सका मेयरहरुको संगठनमा त्यहाँका करिब ३३ हजार मेयरहरु आवद्ध छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved