काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा सिठ्ठी र्याली गरेको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपाका कार्यकर्ताले सोमबार विरोध र्यालीसहित रत्नपार्कमा धर्ना दिएका थिए।

नेपाल आयल निगमले गत २४ कात्तिकमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। पेट्रोलमा, डिजेल र मट्टितेलमा ३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो।
निगमले गत १२ कात्तिकमा पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा मूल्य समायोजन अवधि अगावै १२ दिनमै निगमले पुन: मूल्य बढाएको थियो। निगमले एक वर्षमा १७ पटक मूल्य समयोजन गरेकोमा १६ पटक बृद्धि मात्रै गरेको छ भने गएको असारमा मूल्यबृद्धिको व्यापक बृद्धिपछि पेट्रोल, डिजेल र मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको थियो।
Facebook Comment
Comment