टी–२० फाइनल आज, कसले जित्ला उपाधि ?

नेपालभ्युज

टी–२० फाइनल आज, कसले जित्ला उपाधि ?

काठमाडौँ। आईसीसी टी–२० विश्वकप २०२१ को फाइनलमा अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्दैछन्। खेल आज राति पौने आठ बजे हुँदैछ। न्यूजिल्यान्ड ६ वर्षपछि आईसीसी प्रतियोगिताको चौथो फाइनल खेल्दै छ।

यसअघि न्यूजिल्याण्डले सन् २०१५ र २०१९ मा एकदिवसीय विश्वकप खेलेको थियो। उसले गत जुनमा भएको टेस्ट च्याम्पियनसिपको फाइनल पनि खेलेको थियो। टेस्टमा भने न्यूजिल्यान्ड टिम विश्व च्याम्पियन बनेको थियो।

आईसीसी एकदिवसीय विश्वकप सबैभन्दा धेरै पाँच पटक जित्ने अस्ट्रेलियाले टी ट्वान्टीमा भने दोस्रो पटक फाइनल खेल्दै छ। अष्ट्रलेलियाले सन् २०१० मा फाइनल खेलेको थियो। ऊ इंग्ल्याण्डसँग सात विकेटले पराजित भएको थियो।

यो खालको पहिलो विश्वकप भारतले सन् २००७ मा पाकिस्तानलाई पाँच रनले हराउँदै जितेको थियो भने दोस्रो उपाधि सन् सन् २००९ मा पाकिस्तालने श्रीलंकालाई हराउँदै जितेको थियो।

त्यस्तै सन् २०१२ मा वेस्ट इन्डिजले श्रीलंकालाई हराउँदै चौथो टी-ट्वान्टी प्रतियोगिता उचालेको थियो भने सन् २०१४ मा श्रीलंकाले भारतलाई हराउँदै पाँचौं टी-ट्वान्टी उपाधि जितेको थियो।

त्यस्तै सन् २०१६ मा भारतमा भएको अघिल्लो संस्करणको फाइनलमा वेस्ट इन्डिन्जले इंग्ल्याण्डलाई चार विकेटले पराजित गरेको थियो।

टी-ट्वान्टी प्रतियोगिताको सर्वाधिक उपाधि जित्ने टिम वेस्ट इन्डिज हो। उसले अघिल्लो सन् २०१६ को संस्करण र सन् २०१२ मा गरी दुई पटक उपाधि उचालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved