भक्तपुरका किसानलाई गहुँ र आलुको बीउ वितरण

नेपालभ्युज

भक्तपुरका किसानलाई गहुँ र आलुको बीउ वितरण

भक्तपुर। भक्तपुर नगरपालिकाले भक्तपुर नगर क्षेत्रभित्रका किसानहरूलाई गहुँ र आलुको बीउ वितरण गरेको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार १० वटै वडाका कृषक समूहलाई आलु र गहुँको बीउ हस्तान्तरण गरेका हुन्।

प्रजापतिले निर्यातजन्य वस्तु उत्पादन तथा उत्पादकत्व बढाउन नसक्दा मुलुकको व्यापार घाटा चुलिएको उल्लेख गर्दै कृषि प्रधान देश भएर पनि नेपाल कृषिमै परनिर्भर हुनुमा शासक दलहरू जिम्मेवार भएको आरोप समेत लगाए। उनले भने, “विश्वमा नेपाल धेरै धान उत्पादन गर्ने देशभित्र पर्छ। नेपालको खेतबारीमा फलेको अन्नबाली अपुग भएका कारण करोडौँको चामल विदेशबाट आयात खेप्नुपरिरहेको विडम्बना छ।”

नेपाल क्रान्तिकारी किसान संघ, भक्तपुर जिल्ला समितिका उपाध्यक्ष गोविन्द दुवालले खेतबारीमा गहुँ र आलु लगाउने समय भएकोले भक्तपुर नपाले कामदार जनतालाई लक्षित गर्दै उन्नत जातको बीउ वितरण गरेको बताए।

भक्तपुर नगरपालिकाले १० वटै वडामा गठित कृषि समूहमार्फत नगरभित्रका किसानहरूलाई प्रति घर परिवार ५ किलो गहुँ र ५ किलो आलुको बीउ वितरण गर्ने नगरपालिकाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved