एजेन्सी। बलिउड अभिनेता राजकुमार राव र उनकी प्रेमिका पत्रलेखाको विवाहको चर्चा केही दिनदेखि चलिरहेकै छ। उक्त चर्चालाई यथार्थमा बदल्ने गरी राव र पत्रलेखाले विहेको मिति सार्वजनिक गरेका छन्।
रिपोर्टका अनुसार, राजकुमार राव र पत्रलेखाबीच १३ नोभेम्बरदेखि १५ नोभेम्बरसम्म विहेको कार्यक्रम हुनेछ।
राजकुमार र पत्रलेखाको विवाहको पहिलो दिन १३ नोभेम्बरमा मेहेन्दी कार्यक्रम हुनेछ। विदाई कार्यक्रम १५ नोभेम्बरमा राखिएको छ। विवाह चण्डीगढमा हुने बताइएको छ।
पत्रलेखाका एक घनिष्ठ साथीका अनुसार उनले आफ्नो विवाहमा सब्यसाची डिजाइनर लेहेंगा लगाउने सपना देखेकी थिइन्। ती साथीले भनिन्, ”पत्रलेखाको यो सपना साकार हुने भएको छ।”
पत्रलेखाले आफ्नो विवाहमा डिजाइनर लेहेंगा साडी लगाउने बताइएको छ, जसमा एम्ब्रोइडरीको काम हुनेछ। यति मात्र होइन, उनले विवाहका अन्य अनुष्ठानका लागि डिजाइनर सब्साचीबाट लेहेंगा र सिल्कको दुपट्टा पनि लिएकी छिन्।
विवाहमा पत्रलेखाले भारी पोशाकको सट्टा हलुका पहिरनलाई महत्व दिनेछिन्। उनले सुरुचिपूर्ण तर सरल डिजाइनलाई मन पराएकी छन्। सब्यसाची धेरै बलिउड अभिनेत्रीहरूका मनपर्ने डिजाइनर हुन्, जसले अनुष्का शर्मा, बिपाशा बसु, विद्या बालन, असिन जस्ता धेरै अभिनेत्रीका लागि ब्राइडल लेहेंगा तयार गरेका छन्।
विवाहको तयारीका बीच राजकुमारले पत्रलेखालाई विशेष उपहार दिँदैछन्। राजकुमार हरेक दिन प्रेमपत्र लेख्थे र ती पत्र आफैसँग राख्थे। विहेको अवसरमा उनले पत्रलेखालाई विशेष उपहारका रुपमा ती पत्र दिने तयारी गरेका छन्।
राजकुमार राव विगत १० वर्षदेखि पत्रलेखासँग प्रेममा छन्। यति मात्र होइन, दुवै लामो समयदेखि लिभइनमा बसिरहेका छन्।
Facebook Comment
Comment