महाधिवेशनको लागि कांग्रेसले तयारी समिति गठन गर्ने

नेपालभ्युज

महाधिवेशनको लागि कांग्रेसले तयारी समिति गठन गर्ने

कांग्रेस। १४ औँ महाधिवेशनको कार्यतालिका अनुसार वडा तहको अधिवेशन आजबाट पुन: सुचारु भएपछि कांग्रेसले महाधिवेशनको तयारीमा थालेको छ। शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले आइतबारको केन्द्रीय समिति बैठकबाट महाधिवेशन तयारीका लागि समितिहरु गठन गर्ने निष्कर्ष निकालेको छ ।

पटक पटकको कार्यतालिका स्थगित गर्दै आएको कांग्रेसले अबको कार्यतालिका अनुसार महाधिवेशनको निष्कर्ष निकालेको छ। महाधिवेशनको तल्लो तहको कार्यतालिका अगाडि बढेसँगै अब केन्द्रिय महाधिवेशनको लागि कांग्रेसले तयारी समिति गठन गर्न लागेको हो ।

आइतबार कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ। सहमहामन्त्री डा. प्रकाशशरण महतले १४ औँ महाधिवेशनको तयारी बारे शनिबारको पदाधिकारी बैठकमा छलफल भएको बताए। कांग्रेसको १४ औँ महाधिवेशन मंसीर २४ देखि २६ गते सम्म काठमाडौंमा हुँदैछ ।

क्रियाशिल सदस्यताको सम्पूर्ण विवरण कांग्रेसले सार्वजनिक गरेसँगै महाधिवेशन हुने निश्चित भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved