विरोध गरेपछि वडाअध्यक्षले लगाए सेवा प्रतिवन्ध

नेपाल भ्यूज

विरोध गरेपछि वडाअध्यक्षले लगाए सेवा प्रतिवन्ध

काठमाडौं। सल्यान बागचौर नगरपालिका वडा नम्बर चारका वडाअध्यक्षले आफ्नो विरोध गरेको भन्दै एक नागरिकलाई वडाका सबै सेवा सुविधामा प्रतिवन्ध लगाएका छन्।

सामाजिक सञ्जालमा आफू र जनप्रतिनिधिलाई ‘छोटे राजा’ भनेको भन्दै वडाअध्यक्ष प्रेम बहादुर पुनले स्थानीय दिलबहादुर केसीलाई वडाका सेवाबाट बञ्चित गर्ने निर्णय गरेका हुन्।

उनले बिहीबार विज्ञप्ति निकाल्दै केसीले फेसबुकमा आफ्नो चरित्रहत्या गरेर भ्रमित पार्न खोजेको भन्दै कानूनी कारबाही अघि बढाउनुको सट्टा पदको दुरुपयोग गरी सेवाबाट बञ्चित गरेका हुन्।

केसीले फेसबुकमा लेखेका अभिव्यक्ति सच्चाउनुपर्ने माग वडाअध्यक्ष पुनले राखेका छन्।

विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved