अफगानी बालिकाको अवस्था जोखिमपूर्ण – युनिसेफ

नेपालभ्युज

अफगानी बालिकाको अवस्था जोखिमपूर्ण – युनिसेफ

एजेन्सी। संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले अफगानिस्तानका बालिकाको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताएको छ।

अफगानिस्तानमा बालिकाको उमेर नपुग्दै विवाह हुने मात्र नभएर उनीहरूलाई दाइजोका रुपमा समेत किनबेच हुने गरेको सूचना आफूले पाएको युनिसेफले जनाएको छ।

युनिसेफले सन् २०१९ को तथ्यांक सार्वजनिक  गर्दै उक्त वर्ष १८३ बालिकाको बाल विवाह भएको र १० जनाको बिक्री भएको बताएको छ। जुन तालिबानले सत्ता कब्जा गरेपछि अझैं बढेको निश्कर्ष युनिसेफको छ।

युनिसेफले अफगानिस्तानमा ६ महीनाको उमेरका बालिकाको पनि बिक्री भइरहेको तथ्य उजागर गरेको छ।

हाल अफगानिस्तानमा २८ प्रतिशत युवतीको विवाह १८ वर्ष नपुग्दै हुने गरेको तथ्यांक सार्वजनिक गर्दै युनिसेफले हालको तालिबानको शासनका समयमा महिला तथा बालिकामाथि थप समस्या हुनसक्ने भन्दै यसप्रति चिन्ता व्यक्त व्यक्त गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved