इंग्ल्याण्डको जितमा केनको ह्याट्रिक

केन चम्किएको खेलमा इंग्ल्याण्डले अल्बानियालाई ५-० गोल अन्तरले पन्छायो। जितसँगै इंग्ल्याण्ड कतार विश्वकप नजिक पुगेको छ।

नेपाल भ्यूज

इंग्ल्याण्डको जितमा केनको ह्याट्रिक

काठमाडौं। विश्वकप फुटबल अन्तर्गत युरोपेली छनोटमा इंग्ल्याण्ड विजयी भएको छ। अल्बानिया विरुद्धको खेलमा ह्यारी केनले ह्याट्रिक गरेपछि इंग्ल्याण्ड विजयी भएको हो।

केनले तीनै गोल पहिलो हाफमा गरेका थिए। उनीसँगै ह्यारी मगुइर र जोर्डन हेन्डरसनले पनि एक एक गोल गरे।

केन चम्किएको खेलमा इंग्ल्याण्डले अल्बानियालाई ५-० गोल अन्तरले पन्छायो। जितसँगै इंग्ल्याण्ड कतार विश्वकप नजिक पुगेको छ।

अल्बानियाविरुद्ध ह्याट्रिक गरेका केनले वाइन रोनीको रेकर्डसमेत तोडेका छन्। रोनीले ३७ गोल गरेका थिए। अब केनले जिम्मी ग्रिभ्सको ४४ गोलको रेकर्डलाई पछ्याइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved