मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान –स्नातक तहको पठनपाठन गराउने तयारी

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान –स्नातक तहको पठनपाठन गराउने तयारी

जनकपुरधाम। प्रदेश २ को मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको पठनपाठन गर्ने तयारी पुरा गरेको छ। सबै विषयको अध्ययन अध्यापनका लागि विद्यार्थी भर्ना तथा पाठ्यक्रमको निर्माण गर्ने काम भइसकेको उपकुलपति प्रतिष्ठानको उपकुलपति डा. रामकेवल साहले बताए।

डा.साहले गत वर्ष फागुन २५ गते स्थापना भएको प्रतिष्ठानले पहिलो चरणमा ल्याब तर्फको जनशक्ति उत्पादन गर्नका लागि वीएमएल, नर्सिङ तर्फको वीएससी नर्सिङ तथा पब्लिक हेल्थ तर्फ वीपीएचको पठनपाठन एकदुई दिनमा शुरु गर्ने तयारी गरेको जानकारी दिए।

जनकपुरधामको मणिपाल शिक्षण कलेजलाई नै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन अध्यापन गर्ने थलो बनाइएको छ। शिक्षण अस्पतालको रुपमा प्रादेशिक अस्पताल जनकपुरधामको सेवा विस्तार गर्ने गरी प्रतिष्ठानले काम अगाडी बढाएको छ।

निकै सस्तोमा सरकारी स्तरबाट अध्ययन अध्यापन हुने मधेस स्वास्थ्य विज्ञानले योग्य स्वास्थ्यकर्मी उत्पादनका लागि विशेष ध्यान दिने उद्देश्य लिएको छ। आई ओ यमबाट पहिलो पटक स्नातक तहका तीनवटा विषयको अध्यापन अनुमति प्रतिष्ठानले प्राप्त गरेको छ। जसअन्तर्गत नर्सिङ, पब्लिक हेल्थ तथा ल्याब तर्फका लागि २०÷२० वटा सिटमा भर्ना पनि भएको प्रतिष्ठानले जनाएको छ।

आईओएमले तोकेको शुल्कमा नबढ्ने गरी अध्ययन अध्यापन गराउने उपकुलपति डा. राम केवल साहले बताए। निकट भविष्यमा नै एमडी तथा एम एसको स्वीकृति लिएर विशेषज्ञ चिकित्सक तयार पार्ने पक्षमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको उपकुलपति डा. साहको जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved