इतर पक्षबाट एक जना मात्रै सभापतिको उम्मेदवार हुन्छ : पौडेल

नेपालभ्युज

काठमाडौं। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू सभापतिको उम्मेदवारबाट पछि हट्न तयार रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित आफू पक्षका नेतहरूको बैठकमा आफू उम्मेदवारी नदिने र इतर पक्षबाट एक जना मात्रै उम्मेदवार हुनुपर्ने बताए।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले इतर पक्षबाट आफूहरूले महाधिवेशनमा एक मात्र उम्मेदवार अघि सार्ने बताए। साझा उम्मेदवारका लागि आफू पछि हट्न तयार रहेको उनले बताएका थिए।

इतर पक्षमा वरिष्ठ नेता पौडेल महामन्त्री सशांक कोईराला, नेताहरू शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिको लागि दाबी गरेका छन्। बैठकमा सिंहबाहेकका नेताहरू उपस्थित थिए।

पछिल्लो समय वरिष्ठ नेता पौडेल र नेता सिंहबीच खटपट देखिएको छ।

शनिवारदेखि कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार बाँकी रहेका वडा अधिवेशन शुरु हुँदैछ। आइतवार कांग्रेसको केन्द्रीय समिति बैठक समेत भएकाले वरिष्ठ नेता पौडेलले आज आफ्ना पक्षका नेताहरूको बैठक गरेका हुन्।

आइतबारको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न सभापति शेरबहादुर देउवाले शनिवार बिहान ९ बजे पार्टी कार्यलय सानेपामा पदाधिकारी बैठक बोलाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved