सर्वोच्च परिसरमा झडप, आधादर्जन पक्राउ

अहिले सर्वोच्च परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ। झडपका क्रममा आधादर्जन व्यक्ति पक्राउ परेका छन्।

नेपालभ्युज

सर्वोच्च परिसरमा झडप, आधादर्जन पक्राउ

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशनको टोली सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा अदालत परिसरमा झडप भएको छ।

आन्दोलनरत बारको टोली बारको कार्यालय भवनबाट सर्वोच्चको गेटतर्फ आउँदै गर्दा बीच बाटोमै झडप भएको हो। बारको टोलीलाई बाहिरी मान्छेहरुको समूहले रोक्न खोज्दा झडप भएको हो।

बार एशोसिएशनले आज जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी आन्दोलनकाृे कार्यक्रम सार्वजनिक गरेको थियो। सोही क्रममा अदालतको गेटतर्फ जाँदै गरेको टोली र त्यहाँ उपस्थित बाह्य समूहबीच झडप भएको हो।

अहिले सर्वोच्च परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ। झडपका क्रममा आधादर्जन व्यक्ति पक्राउ परेका छन्।

सत्ता गठबन्धनसँग भाग मागेको भन्दै नेपाल बार र सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने मागसहित दशैँलगत्तै देखि आन्दोलन गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved