अफगानिस्तानबारे भारतमा महत्वपूर्ण बैठक, चीन र पाकिस्तान सहभागी नहुने

तालिबानले अफगानिस्तानको सत्ताकब्जा गरेपछि अफगानिस्तानका छिमेकी देशसहित मध्य एसियाका प्रमुख देश यो स्तरको बैठकमा बस्न लागेको यो नै पहिलो घटना हो। बैठक आयोजनासँगै अफगानिस्तानमा शान्ति र सुरक्षा स्थापित गर्न भारतले महत्वपूर्ण भूमिका खेल्ने प्रयास गरेका देखिन्छ।

नेपालभ्युज

अफगानिस्तानबारे भारतमा महत्वपूर्ण बैठक, चीन र पाकिस्तान सहभागी नहुने

एजेन्सी। अफगानिस्तानको पछिल्लो अवस्थाका विषयमा भारतमा आयोजना हुने तयारी हुँदै गरेको बैठकमा पाकिस्तानसँगै चीनले पनि सहभागी नहुने बताएको छ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाकार अजित डोभलको नेतृत्वमा अफगानिस्तानका विषयमा बुधबारदेखि दिल्लीमा एक महत्वपूर्ण बैठकको आयोजना हुँदैछ।

यो बैठकमा भारतका अलावा रसिया, इरान समेतका आठ देश सहभागी हुँदैछन्। यो स्तरको बैठक आयोजना भएको यो तेस्रो पटक हो। भारतको विदेशमन्त्रालयले जनाएअनुसार २०१८ र २०१९ मा इरानले दुई संस्करणको बैठक आयोजना गरेको थियो।

यो पटकको बैठक भने अफगानिस्तानको सत्ता तालिबानले कब्जा गरेपछिको क्षेत्रीय अवस्थाका विषयमा मूल्यांकन गर्न आयोजना भएको हो।
बैठकमा उज्बेकिस्तान, तुर्कमेनिस्तान, काजकस्तान, किर्गिस्तान र ताजकस्तानका राष्ट्रिय सुरक्षा सल्लाकार सहभागी हुँदैछन्।

भारतीय विदेश मन्त्रालयले बैठकको अध्यक्षता राष्ट्रिय सुरक्षा सल्लाकारले गर्ने जनाएको छ।

राष्ट्रिय सुरक्षा सल्लाकार स्तरको यो बैठकका लागि भारतले चीन र पाकिस्तानसहितका मध्य ऐसियाली देशलाई आमन्त्रण गरेको थियो। भारतले आमन्त्रण गरेका अन्य देश बैठकमा सहभागी हुँदै गर्दा चीन र पाकिस्तान भने सहभागी नहुने बताएका छन्।

अफगानिस्तानको विषयमा हुन लागेको बैठकले क्षेत्रीय मुद्दालाई प्राथमिकताका साथ उठाउने हुँदा बैठक महत्वपूर्ण हुने विश्वास गरिए पनि चीन र पाकिस्तानले भने सहभागी नहुने बताएका हुन्। चीनले बैठकको मितिमा समस्या देखाउँदै सहभागी हुन नसक्ने बताएको हो।

बैठकमा इरानका रियल एडमिरल अली शामखानी, रुसका निकालाई पी पात्रुदेव, कजाकस्तानका करिम मासिमोव, किर्गिस्तानका मरात मुकानोविच, ताजकस्तानका नसरुल्ला रहमतजो महमूदजोदा, तुर्कमेनिस्तानका सीके अमावोवो र उज्बेकिस्तानका विक्टर मखमुदोव सहभागी हुने बताइएको छ।

रुसले यसअघि नै भारतलाई अफगानिस्तानका तालिबानी शासकसँग छलफल गर्न आमन्त्रण गरिसकेको छ। भारतमा आयोजना हुने आठ देशका राष्ट्रिय सुरक्षा सल्लाकारको बैठकमा रुस र इरान पनि सहभागी हुँदा अफगानिस्तानका सहयोगी देशबीच अहम रणनीति बनाउने पहलका रुपमा पनि हेरिएको छ।

तालिबानले अफगानिस्तानको सत्ताकब्जा गरेपछि अफगानिस्तानका छिमेकी देशसहित मध्य एसियाका प्रमुख देश यो स्तरको बैठकमा बस्न लागेको यो नै पहिलो घटना हो। बैठक आयोजनासँगै अफगानिस्तानमा शान्ति र सुरक्षा स्थापित गर्न भारतले महत्वपूर्ण भूमिका खेल्ने प्रयास गरेका देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved