समयअघि नै बेइजिङलाई ढाक्यो हिउँले (फोटो फिचर)

समयअघि नै बेइजिङलाई ढाक्यो हिउँले (फोटो फिचर)

बेइजिङ । यो वर्ष नियमित समयभन्दा दुई साता अगाडि नै बेइजिङलाई हिउँले ढाकेको छ। नोभेम्बर ६ तारिख शनिबार मध्याह्नदेखि ७ तारिख आइतबार मध्याह्नसम्म निरन्तर परेको हिउँले गर्दा बेइजिङ सेताम्मे बनेको हो।

अघिल्ला वर्षहरूमा बेइजिङमा सामान्यतः नोभेम्बरको तेस्रो अथवा चौथो सातामा मात्र हिँउ पर्न शुरु गर्दथ्यो।

चीनका उत्तरी भागमा परेको बाक्लो हिउँले सडक, रेल र हवाइ यातायातलाई समेत प्रभावित बनाएको छ। विशेष गरी चीनका भित्री मंगोलिया, हपेइलगायत पूर्वउत्तरका प्रान्तहरू हैलुङचाङ, चिलिन र ल्याओनिङ प्रान्तमा भारी हिमपात भएको सिनह्वा समाचार समितिले लेखेको छ।

बेइजिङका बासिन्दा भने यो सिजनको पहिलो हिउँसँग निकै खुशी भएका छन्। समय अगाडि नै भएको भारी हिमपातले आगामी फेब्रुअरीमा चीनमा आयोजना हुने ओलम्पिक खेलकूदको सफलताको संकेत देखिएको भन्दै बेइजिङबासी खुशी भएका हुन्।

आगामी वर्ष सन् २०२२ को फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा हिउँदे ओलम्पिक खेलकूद आयोजना हुँदैछ। सन् २००८ को अगष्टमा २९ औँ गृष्मकालीन ओलम्पिक आयोजना गरेको बेइजिङले आगामी वर्षको सुरुमै हिउँदे ओलम्पिक खेलकूद आयोजना गरेर विश्वमा अभूतपूर्व नाम लेखाउँदैछ। अहिलेसम्म विश्वमै गृष्माकालीन र हिउँदे ओलम्पिक एउटै सहरमा आयोजना भएको छैन।

चीनको राजधानी बेइजिङ र हपेई प्रान्तको च्याङच्याखौमा संयुक्त रूपमा आयोजना हुने हिउँदे ओलम्पिकको तयारी तीब्रगतिमा भइरहेको छ। च्याङच्याखौ बेइजिङदेखि उत्तर पश्चिमतिर २ सय किलोमिटरको दुरीमा पर्छ।

समय अगाडि नै बेइजिङलाई हिउँले ढाक्दा चिनियाँहरू खुशी भएका छन्। ‘अर्लीस्नो’लाई हिउँदे ओलम्पिक समारोहका लागि सकारात्मक सन्देशका रूपमा चिनियाँहरूले लिएका हुन्। आइतबार बिहानै हिउँ खेल्न र फोटो तथा भिडियो खिच्न चिनियाँ किशोर किशोरी पार्कतिर टहलिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved