काठमाडौँ । हिन्दू नेपालीहरुको दोश्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन।
आज देशैभर भाइटीका लागाइँदै छ। नेपाल पाञ्चाग समितिका अनुसार भाइटीका लागि उत्तम साइत ११ बजेर २ मिनेट जाँदा भए पनि दिनैभर टीका लगाउन सकिने बताएको छ।
यस पर्वमा दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले सप्तरंगी टीका निधारमा लगाइदिने चलन छ। दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिँदा धार्मिक विधिअनुसार मण्डप बनाउने चलन छ।
मण्डप बनाई अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको पूजा गर्दै तेलको घेरा हालेर, ओखर फुटाई, सयपत्री र मखमलीको माला लगाई दीर्घायुको कामना गर्ने गरिन्छ।
धार्मिक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजको विशेष सम्मानका साथ पूजा गरेको सम्झनास्वरुप तिहार मनाउन थालिएको हो।
दिदीबहिनी नहुनेले काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाउने गर्छन्। भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरीबीच भागमा रहेको बालगोपालेश्वर मन्दिर बिहान ५ देखि सझाँ ५ बजेसम्म खुल्नेछ।
Facebook Comment
Comment