जुवाखालबाट समातिए कांग्रेस सभापति

१४ औँ महाधिवेशन अन्तर्गत भर्खरै दोलखा कांग्रेसका सभापति बनेका बर्मा लामा पक्राउ परेका हुन्।

नेपालभ्युज

जुवाखालबाट समातिए कांग्रेस सभापति
सांकेतिक तस्वीर

काठमाडौं। प्रहरीले जुवाखालबाट सत्तारुढ नेपाली कांग्रेसका जिल्ला सभापतिलाई पक्राउ गरेको छ। १४ औँ महाधिवेशन अन्तर्गत भर्खरै दोलखा कांग्रेसका सभापति बनेका बर्मा लामा पक्राउ परेका हुन्।

बर्मा गत १९ असोजमा भएको जिल्ला अधिवेशनबाट सभापति बनेका थिए। संस्थापन पक्षका तारा खड्कालाई पराजित गर्दै उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट विजयी भएका थिए।

दोलखा सभापति बर्मालाई महानगरीय प्रहरी वृत्त बौद्धले जुवाखालबाट समातेको हो। बौद्ध, नयाँबस्तीबाट बर्मासहित १८ जना पक्राउ परेका प्रहरीले जनाएको छ।

पक्राउ परेका टोलीको जुवाखालबाट प्रहरीले ६ लाखभन्दा बढी बरामद गरेको भनिए पनि यकिन तथ्यांक प्रहरीले खुलाएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved