प्रचण्डलक्षित ओलीको टिप्पणीः कांग्रेसले छोरी बोक्दा हामीले बाउ बोक्यौँ, अब गल्ती गरिन्न

ओलीले आफूले दुई दुई पटकसम्म भोट मागिदिने गल्ती गरेको सम्झँदै अब त्यो जमाना गएको बताए। जनताले एकपटक धोका पाएको भन्दै ओलीले अब प्रचण्डलाई बोकेर गल्ती नदोहोर्‍याउने बताए।

नेपालभ्युज

प्रचण्डलक्षित ओलीको टिप्पणीः कांग्रेसले छोरी बोक्दा हामीले बाउ बोक्यौँ, अब गल्ती गरिन्न
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा महाधिवेशन गरे पनि, नगरे पनि आफूहरुले जित्ने दाबी गरेका छन्। भरतपुर महानगरको पार्टी अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले चितवन एमालेको किल्ला बन्ने दाबी गरे।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि आफूले चितवनमा दुई दुई पटकसम्म भोट मागेको भन्दै ओलीले अब गल्ती नदोहोरिने बताए। उनले अब प्रचण्डलाई बोकेर हिँड्न आवश्यक नभएको बताए।

ओलीले अब प्रचण्डलाई बोक्ने गल्ती गर्न नहुने बताए। आफूले दुई दुई पटकसम्म भोट मागिदिने गल्ती गरेको सम्झँदै अब त्यो जमाना गएको बताए। जनताले एकपटक धोका पाएको भन्दै ओलीले अब प्रचण्डलाई बोकेर गल्ती नदोहोर्‍याउने बताए।

ओलीले भने, ‘‘कांग्रेसले रेणु दाहालालाई बोकेर मेयर बनायो। उसले छोरी बोकेको देखेर हामीले पनि बाउलाई नै बोकेको, गल्ती भयो। अब त्यस्तो गल्ती गरिन्न।”

ओलीले चितवनमा एमालेको महाधिवेशन गर्ने कुरा निर्वाचनलक्षित नभएको पनि बताए। उनले भने, ‘‘चितवनमा एमाले महाधिवेशन गर्ने कुरा ठूलो होइन। यहाँ महाधिवेशन गरे पनि, नगरे पनि हामी जित्छौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved