कालोपट्टी र सेतोपट्टी बाँधेका न्यायाधीशहरूबीच छलफल हुँदै

नेपालभ्युज

कालोपट्टी र सेतोपट्टी बाँधेका न्यायाधीशहरूबीच छलफल हुँदै

काठमाडौं। नेपाल बार एशोसिएसनको परिसरमा प्रधानन्यायाधीशको राजीनामा माग्ने र इजलास सञ्चालन हुनुपर्छ भनी प्रदर्शनमा उत्रिएका न्यायाधीशहरूबीच बैठकमा शुरु भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सँग छलफल गर्ने विषयमा सहमतिका लागि बैठक बसिरहेको एक अधिवक्ताले बताए।

आज आइतबार बारको धर्नाका क्रममा अधिवक्ताहरू कालोपट्टी र सेतोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका थिए । सबै अधिवक्ताको एकमतका सहमति जुटाउन बैठक बसिरहेको ती अधिवक्ताले जनाए।

कालोपट्टी बाँधेर प्रदर्शन गर्नेहरूले प्रधानन्यायाधीश राणाको राजीनामाको माग गरेका थिए भने सेतोपट्टीले बाँधेर प्रदर्शन गर्नेहरूको माग इजलास सञ्चालन हुनुपर्ने भन्ने थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved