लागु औषधसहित पक्राउ

नेपालभ्युज

लागु औषधसहित पक्राउ
सांकेतिक तस्वीर

कञ्चनपुर । लागु औषधका रुपमा प्रयोग हुने नेट्राभेट १० सहित कञ्चनपुरको पुर्नवास–११ डोकेबजारबाट प्रहरीले आज साँझ एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का अन्दाजी वर्ष २० का राहुल वाल्मीकि रहेका छन् ।

नेपाल भारत सीमा क्षेत्र डोके बजारमा पैदल हिँड्दै गरेका वाल्मीकि माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले लागु औषध नेट्राभेट दश १०५ ट्याब्लेट फेला पारेको छ । वाल्मीकिलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । वाल्मीकिले भारतबाट लागु औषध ल्याएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved