ईसेवाबाट नेपाल लाइफको प्रिमियम भुक्तानी गर्दा दाहालले जिते आइफोन

नेपालभ्युज

ईसेवाबाट नेपाल लाइफको प्रिमियम भुक्तानी गर्दा दाहालले जिते आइफोन

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रिमियम) भुक्तानी ईसेवाबाट गर्ने बीमित मध्येबाट पहिलो ‘लक्की ड्र’ मा विराटनगरका विज्ञान दाहालले आइफोन १२ जितेका छन्।

नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमका बीच दाहाललाई उक्त पुरस्कार प्रदान गरिएको छ। ‘लक्की ड्र’ मार्फत छनोट भएका  दाहाललाई नेपाल लाइफका नायव महाप्रबन्धक अमित केयलले उक्त आइफोन १२ प्रदान गरे।

नेपाल लाइफका नायव महाप्रबन्धक अमित केयलले डिजिटल प्लाटफर्म मार्फत प्रिमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुनुका साथै ईसेवाले ग्राहकहरूलाई यस किसिमका उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने धारणा व्यक्त गरे।

आइफोन १२ प्राप्त गरेपछि दाहालले १० वर्ष अघि बीमा गरेको नीतिको प्रिमियम समय र सहजतालाई ध्यान दिइ ईसेवाबाट भुक्तानी गर्दा ‘लक्की ड्र’को बारेमा जानकारी नभएको बताए। तर ईसेवाबाट ‘तपाई ‘लक्की ड्र’ मार्फत छनोट हुनु भएको छ’ भनी फोन आउँदा ‘सर्प्राइज’ भएको जनाए। दाहालले भने, ‘‘आजको दिनमा डिजिटल प्लाटफर्म मार्फतको भुक्तानीको विश्वासनीयता बढ्दै गएको छ, जसलाई यस्ता उपहार/पुरस्कारले अझ थप उत्साह थपेको छ।

आफ्ना बीमितहरूलाई सरल र सहज सेवा प्रदान गर्न नेपाल लाइफले विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरूसँग बीमा शुल्क (प्रिमियम) भुक्तानीको सम्झौता गरेको छ। जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा बीमा शुल्क (प्रिमियम) भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ।

नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरू ईसेवाका साथै खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ। ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved