विद्यालयको पानी ट्यांकी खन्दा भेटिए पुरातात्विक अवशेष

खाल्डो खन्ने क्रममा विद्यालय परिसरमा पुरातात्विक अवशेषहरु भेटिएपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले बिहीबार उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

नेपालभ्युज

विद्यालयको पानी ट्यांकी खन्दा भेटिए पुरातात्विक अवशेष

काठमाडौं। भक्तपुरको दरबार स्क्वायर क्षेत्र नजिकै पुरातात्विक अवशेषहरु भेटिएका छन्। विद्यार्थी निकेतन मावि परिसरमा पुरातात्विक अवशेषहरु भेटिएका हुन्।

बुधबार विद्यालयको प्रांगणमा पानी ट्यांकी खन्ने क्रममा अहिलेको जमिनको सतहबाट साढे ६ फिट मुनि विभिन्न वस्तुहरु भेटिएका हुन्।

खाल्डो खन्ने क्रममा करीब साढे ६ फिट तल टेपु ल्हाेँ, टेलीय इँटा (चिकं अप्पा), फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएका हुन्।

खाल्डो खन्ने क्रममा विद्यालय परिसरमा पुरातात्विक अवशेषहरु भेटिएपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले बिहीबार उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

सोही क्रममा प्रमुख प्रजापतिले विद्यार्थी निकेतन माविका प्रधानाध्यापक सर्जनी जोशीसँग भेट गरी भक्तपुर नगरपालिकाले त्यहाँ भेटिएका पुरातात्विक अवशेषहरुको विस्तृत अध्ययन गर्ने बताउँदै हाललाई उक्त निर्माण कार्य अगाडि नबढाउन पनि आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved