फराकिलो हारसँगै जर्मन कपबाट बाहिरियो बायर्न

बायर्नमाथि रवाफिलो जित निकालेको मोन्चेनग्लाडबाख जर्मन कपको दोस्रो चरणमा प्रवेश गरेको छ।

नेपालभ्युज

फराकिलो हारसँगै जर्मन कपबाट बाहिरियो बायर्न

काठमाडौं। बुण्डेललिगाको जायन्ट बायर्न म्युनिख जर्मन कप फुटबलबाट बाहिरिएको छ। खेलमा राम्रो नियन्त्रण बनाए पनि गोल गर्न नसक्दा बायर्नले फराकिलो हार व्यहोरेको हो।

गएराति बोरुसिया मोन्चेनग्लाडबाखको घरेलु मैदानमा बायर्न ५-० गोल अन्तरले पराजित भयो। हारसँगै बायर्न जर्मन कपबाट बाहिरिएको छ। उसले सन् १९७८ पछि पहिलो पटक फराकिलो हार व्यहोरेको हो।

मोन्चेनग्लाडबाखलाई घरेलु मैदानमा जित दिलाउने क्रममा रामी बेन्सेबैनी र ब्रेल इम्बोलोले दुई दुई गोल गरे। थप एक गोल काउडियो कोनेले गरे।

बायर्नमाथि रवाफिलो जित निकालेको मोन्चेनग्लाडबाख जर्मन कपको दोस्रो चरणमा प्रवेश गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved