महिला विश्वकप छनोट खेल्न १४ खेलाडी घोषणा

नेपालभ्युज

महिला विश्वकप छनोट खेल्न १४ खेलाडी घोषणा
फाइल तस्वीर

काठमाडौं। महिला विश्वकप छनोटका लागि टिम छनोटमा खेल्नका लागि नेपाल क्रिकेट संघ (क्यान)ले अन्तिम टिमको घोषणा गरेको छ। क्यानले रुबिना क्षेत्री बेलबासेको कप्तानीमा १४ खेलाडी छनोट गरेको हो।

छनोट टिममा डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर ७ ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई परेका छन्। यसैगरी टिमको वैकल्पिक खेलाडीमा सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई छनोट गरिएको छ।

टिमको प्रशिक्षण जगत टमट्टाले गर्नेछन् भने व्यवस्थापनका लागि जयन्ती भट्टलाई छनोट गरिएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए।

दक्षिण अफ्रिकामा २०२३ मा हुने टी २० विश्वकपको लागि एसियन क्वालिफायर टुर्नामेन्ट आगामी नोभेम्बर २० देखि २६ सम्म यूएईमा हुँदैछ। सोही खेलमा सहभागी हुन टिम छनोट गरिएकोमा क्वालिफायरमा नेपालसहित ८ देश सहभागी हुँदैछन्।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved