अलमुताइरी थप तीन वर्ष नेपाली फुटबल टिमको प्रशिक्षक रहने

नेपालभ्युज

अलमुताइरी थप तीन वर्ष नेपाली फुटबल टिमको प्रशिक्षक रहने

काठमाडौं। नेपाली फुटबल टिमको प्रशिक्षकको रुपमा थप तीन वर्षका लागि अबदुल्ला अलमुताइरीले सम्झौता गर्ने निर्णय गरेका छन्। उनले अखिल नेपाल फुटबल संघ(एन्फा)सँग छिट्टै नयाँ कार्यकालका लागि सम्झौता गर्ने निर्णय गरेको जनाएका छन्।

गत साता कतारमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासँगको भएको छलफलपछि उनले आफू नेपाल फर्किने सामाजिक सञ्जालमार्फत जनाएका छन्।

यसअघि उनले दक्षिण एसियाली फुटबल (साफ)को सेमिफाइनलपछि नेपाल नफर्किने गरी राजीनामा दिएको बताएका थिए। तर पहिलोपटक नेपाललाई साफ उपविजेताको उपाधि दिलाएपछि केही समयको विश्रामपछि उनले यस विषयमा थप निर्णय लिने बताएका थिए।

गत वर्ष चैतमा एन्फाले अलमुताइरीसँग एक वर्षका लागि मुख्य प्रशिक्षकको रुपमा सम्झौता गरेको थियो। तर एन्फासँगको विवादका कारण उनले बारम्बार सामाजिक सञ्जालमा राजीनामा दिने घुर्की लगाउँदै आएका थिए।

एन्फाको अनुरोधा कुवेती नागरिक अलमुताइरीलाई कतार फुटबल संघले सहयोगस्वरुप नेपालको प्रशिक्षकको रुपमा पठाएको हो। अलमुताइरी एसियाली फुटबल महासंघ (एएफसी)का व्यवसायिक लाइसेन्स भएका प्रशिक्षक हुन्।

उनी प्रशिक्षक भएपछि नेपालको फुटबल टिममा उल्लेख्य सुधारको संकेत देखिएर पहिलोपटक साफको फाइनलसम्म पुगेको थियो।

उनले आगामी दुई वर्षे योजना बनाएर फुटबलको भविष्य बदल्ने प्रतिवद्धता गरेका छन्। उनले भनेका छन्, ‘‘हामी छिट्टै आगामी दुई वर्षे योजना सार्वजनिक गर्नेछु, म बाचा गर्छु कि नेपाली फुटबलको भविष्य राम्रो हुनेछ तर हामीलाई केबल समय दिनुहोला।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved