प्रधानन्यायाधीश विवाद

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन नागरिक आन्दोलनको माग

नेपालभ्युज

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन नागरिक आन्दोलनको माग

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागसँगै सर्वोच्च अदालतमा इजलास बस्न नसकेकोमा बृहत् नागरिक आन्दोलन असन्तुष्टि व्यक्त गरेको छ।

आज एक विज्ञप्ति सार्वजनिक गर्दै नागरिक आन्दोलनले ‘अविराम रूपमा न्याय पाउने जनताको नैसर्गिक हकमाथि असाधारण अवरोध आएकोमा’ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

साथै प्रधानन्यायाधीशको राजीनामा मागलाई आन्दोलनले समर्थन पनि गरेको छ। र, प्रधानन्यायाधीशमाथि राजनीतिक दलहरूको ध्यानाकर्षण गरेको छ।

‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएशनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन राजनीतिक दलहरूको ध्यानकर्षण गर्दछौँ’-विज्ञप्तिमा उल्लेख छ।

सिफारिस भएका न्यायाधीशलाई संसदीय सुनुवाई समितिबाट अनुमोदन गर्ने वर्तमान संवैधानिक प्रावधानबारे पनि आन्दोलनले दलहरूको दृष्टिकोण माग गरेको छ।

न्यायपालिकाप्रति जनभरोसा कायम गर्न आवश्यक पारदर्शिपूर्ण जवाफदेहिताको संयन्त्रबारे संविधान संशोधन गर्नुपर्ने माग समेत आन्दोलनले गरेको छ।

‘न्यायाधीश नियुक्तिबारे संवैधानिक परिषद् र न्याय परिषद्का संरचना पुनरावलोकलन तथा न्यायपालिकाप्रति जनभरोसा कायम गर्न आवश्यक पारदर्शीपूर्ण जवाफदेहिताको संयन्त्रबारे संविधान संशोधन गर्ने आवश्यकता दलहरूले आत्मसात गर्नुपर्ने छ’- विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved