विश्वासको मत नपाउने भएपछि राजीनामा दिँदै अष्टलक्ष्मी शाक्य

नेपालभ्युज

विश्वासको मत नपाउने भएपछि राजीनामा दिँदै अष्टलक्ष्मी शाक्य

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मीले राजीनामा दिने भएकी छन्। शाक्यले आज विश्वासको मत लिँदैछिन्। उनले आज १ बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको चौंथो बैठकमा विश्वासको मत लिनुअघि पदबाट राजीनामा दिन लागेकी मुख्यमन्त्री स्रोतले बताएको छ।

उनले केहीबेरपछि बस्ने प्रदेशसभाले राजीनामा दिने स्रोतले नेपालभ्यूजलाई बतायो। उनको राजीनामा पत्रसमेत तयार भइसकेको स्रोतले बतायो।

आज बस्ने प्रदेशसभा बैठकमा मतदानका लागि सत्ता र प्रतिपक्षलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ। आवश्यक कर्मचारीसमेत खटाइसकिएको छ। मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गरेकी थिइन्।

नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाइसकेका छन्।

बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन्। सत्तापक्ष नेकपा (एमाले)का ४३, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३, विवेकशील साझा दलका तीन, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राप्रपाका दुई/दुई तथा जनता समाजवादी पार्टी (जसपा)का एक प्रदेशसभा सदस्य छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved