वायु गुणस्तरमा पुरानै मापदण्डलाई निरन्तरता दिँदै सरकार

डब्ल्यूएचओको नयाँ मापदण्ड हरेक मुलुकलाई बाध्यकारी नहुने विभागको तर्क

डब्ल्यूएचओले १५ वर्ष पुरानो मापदण्ड हेरफेर गर्दै गत ६ असोजमा नयाँ मापदण्ड सार्वजनिक गरेको थियो। डब्ल्यूएचओको नयाँ मापदण्ड हरेक मुलुकका लागि बाध्यकारी नहुने वातावरण विभागका सिनियर केमिस्ट शंकरप्रसाद पौडेल बताउँछन्।

वायु गुणस्तरमा पुरानै मापदण्डलाई निरन्तरता दिँदै सरकार

काठमाडौं। मानव स्वास्थ्यका लागि प्रतिकूल मानिने अतिसूक्ष्म कण मापनसम्बन्धी दशकअघिको मापदण्डलाई सरकारले निरन्तरता दिने भएको छ।

वायु गुणस्तर परीक्षण र विश्लेषणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ मापदण्ड तय गरे पनि नेपालले पुरानै मापदण्ड पालना गर्ने भएको हो। डब्ल्यूएचओले वायुमण्डलमा प्रदूषणको सूक्ष्म कणको मात्रा घटाएर (२४ घण्टामा) ५ माइक्रोग्राम प्रतिघनमिटर कायम गरेको छ।

डब्ल्यूएचओले यसअघि वायुमण्डलमा पार्टिकुलेट म्याटर (पीएम) २.५ को मात्रा प्रतिघनमिटर १० माइक्रोग्रामलाई आधार मान्ने गरेको थियो। नेपालको राष्ट्रिय मापदण्डअनुसार २४ घण्टामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर हो। पीएम धुलो र धुवाँको सूक्ष्म कणको मात्रा मापन गर्ने आधार हो।

डब्ल्यूएचओले १५ वर्ष पुरानो मापदण्ड हेरफेर गर्दै गत ६ असोजमा नयाँ मापदण्ड सार्वजनिक गरेको थियो। डब्ल्यूएचओको नयाँ मापदण्ड हरेक मुलुकका लागि बाध्यकारी नहुने वातावरण विभागका सिनियर केमिस्ट शंकरप्रसाद पौडेल बताउँछन्।

“डब्ल्यूएचओले नयाँ स्ट्याण्डर्ड तय गर्‍यो भन्दैमा नेपालले हतार गरेर नयाँ मापदण्ड बनाइहाल्नुपर्छ भन्ने छैन”, उनले भने, “हामीले राष्ट्रिय मापदण्डभित्र रहने गरी वायुको गुणस्तर कायम गर्न सक्नु महत्वपूर्ण कुरा हो।”

डब्ल्यूएचओले वायु प्रदूषणका मुख्य कारण मानिएको पीएम २.५, पीएम १०, ओजोन, नाइट्रोजन अक्साइड, सल्फरडाइअक्साइड र कार्बन मनोअक्साइडसँग सम्बन्धित मानकलाई पनि घटाएको छ। सन् २००५ पछि वायु प्रदूषणबारे विभिन्न समयमा भएका अध्ययनका आधारमा प्रदूषण बढाउने मानक घटाइएको डब्ल्यूएचओको तर्क छ।

वायु प्रदूषणका कारक तत्वका स्तरलाई घटाउँदा जनस्वास्थ्य सुरक्षामा सहयोग पुग्ने डब्ल्यूएचओको दाबी छ। डब्ल्यूएचओको यही वर्षको रिपोर्टअनुसार विश्वमा वायु प्रदूषणले हरेक वर्ष ७० लाख व्यक्तिको निधन हुन्छ। वायु प्रदूषणका धेरै कारक तत्वमध्ये जलवायु परिवर्तनले पनि वायु गुणस्तर खस्काउने सो निकायको विश्लेषण छ।

वायु गुणस्तर मापनका लागि हरेक मुलुकका आ-आफ्ना मापदण्ड हुन्छन्। वायु गुणस्तर परीक्षणका लागि वन तथा वातावरण मन्त्रालयले २०६९ मा राष्ट्रिय मापदण्ड तयार गरेको थियो। अमेरिकाको राष्ट्रिय मापदण्डअनुसार २४ घण्टामा पीएम २.५ को मात्रा ३५ माइक्रोग्राम प्रतिघनमिटर हो।

नेपालले राष्ट्रिय मापदण्ड तय गर्न सकेको खण्डमा मानव स्वास्थ्यलाई ठूलो जोखिम नपर्ने वातावरण विभागका अधिकारी दाबी गर्छन्। अधिकारीहरुले यस्तो दाबी गरिरहँदा हिउँदमा उपत्यकामा पीएम २.५ को मात्रा २४ घण्टामा दुई सय घनमिटरभन्दा माथि पुग्ने गर्छ।

नेपालले राष्ट्रिय मापदण्ड तय गर्न सकेको खण्डमा मानव स्वास्थ्यलाई ठूलो जोखिम नपर्ने वातावरण विभागका अधिकारी दाबी गर्छन्। अधिकारीहरुले यस्तो दाबी गरिरहँदा हिउँदमा उपत्यकामा पीएम २.५ को मात्रा २४ घण्टामा दुई सय घनमिटरभन्दा माथि पुग्ने गर्छ।

हरेक वर्षको हिउँदयामको शुरुवातसँगै काठमाडौं उपत्यकासहित मुलुकका धेरै ठाउँको प्रदूषण खस्किने गर्छ। उद्योग, कलकारखाना, सडक र पूर्वाधार निर्माण, सवारीबाट निस्कने धुलो, धुवाँले वायु प्रदूषण हुने गरेको छ। इँटाभट्टा, घरभित्रको धुँवा र सार्वजनिक स्थलमा जलाइने फोहोरले पनि प्रदूषण बढाउने विज्ञ बताउँछन्।

गत वर्षको वनडढेलोले मुलुकका अधिकांश भेगको वायु गुणस्तर खस्किएको थियो। गतवर्ष विभिन्न ७३ जिल्लामा वन डढेलो फैलिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ।

हिउँदमा भारतको नयाँ दिल्ली र आसपासका भेगको प्रदूषित वायु नेपाल भित्रिँदा काठमाडौं उपत्यकासहित तराईका सीमावर्ती भेगको वायु गुणस्तर खस्किने गर्छ। गत वर्ष उपत्यका विश्वकै प्रमुख प्रदूषित शहरहरूको सूचीमा थियो।

उपत्यकामा सन् २००२ देखि आंशिक रुपमा वायु गुणस्तर परीक्षणको अभ्यास थालिएको थियो। राष्ट्रिय मापदण्ड बनेपछि भने यो अभ्यास नियमित हुन थालेको विभागले जनाएको छ। वातावरण विभागमातहत मुलुकका विभिन्न भेगमा २७ वटा स्वचालित प्रदूषण मापन स्टेसन छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved