चोलेन्द्रले राजीनामा नदिए बहस बहिष्कार गर्न बारलाई सल्लाहकारको सुझाव

नेपालभ्युज

चोलेन्द्रले राजीनामा नदिए बहस बहिष्कार गर्न बारलाई सल्लाहकारको सुझाव

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए वकीलहरूले बहस बहिष्कार गर्नुपर्ने बार सल्लाहकार समितिका सदस्यहरूले सुझाव दिएका छन्।

साथै देशव्यापी आन्दोलन गर्न पनि उनीहरूले सुझाएका नेपाल बार एशोसिएशन सदस्य अधिवक्ता विकास भट्टराईले नेपालभ्यूजलाई बताए। बार सल्लाहकार समितिका अधिकांश सदस्यहरूले आन्दोलन गर्न सुझाव दिएका उनले बताए। समितिको बैठक जारी छ। सल्लाहकार समितिमा बारका पूर्वअध्यक्ष, पूर्वमहासचिव र वरिष्ठ अधिवक्ताहरू रहन्छन्।

“प्रधानन्यायाधीशको राजीनामा नआएसम्म वकीलहरूले बहस बहिष्कार गर्नुपर्ने सल्लाहकारले सुझाव दिएका छन्,” भट्टराईले भने।

प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए शुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्दै जाने उनीहरूले बताएका छन्।

आजै दिउँसो सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए।

प्रधानन्यायाधीशको राजीनामा मागिरहेका सर्वोच्च अदालतका १४ न्यायाधीशहरू प्रधानन्यायाधीशलाई भेट्न उनको च्याम्बरमा गएका थिए। प्रधानन्यायाधीशले भने राजीनामा नदिने तर महाभियोगको सामना गर्ने बताएका छन्।

प्रधानन्याधीश जबराले भनेका थिए, ‘मेरो नियुक्ति संवैधानिक बाटोबाट भएको हो। त्यहीबमोजिम मेरो भूमिका हुन्छ। विवादमा प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिएको खण्डमा मात्रै म पनि राजीनामा दिन्छु। सडकबाट माग्दैमा राजीनामा दिने हो भने न्यायपालिका बच्न सक्दैन।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved