बाढीपहिरो प्रकोपछि उद्धारमा गृहमन्त्रीको असन्तुष्टि

‘सुरक्षा निकायबाहेक अन्यको भूमिका सन्तोषजनक देखिएन’

नेपालभ्युज

‘सुरक्षा निकायबाहेक अन्यको भूमिका सन्तोषजनक देखिएन’
फाइल तस्वीर

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँडले बाढीपहिरोलगायत प्रकोपपछिको उद्धारमा सुरक्षा निकायबाहेक अन्य सरोकारवालाको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

गृह मन्त्रालयको आयोजनामा मंगलबार ललितपुरमा गरिएको विपद् व्यवस्थापनसम्बन्धी नीतिगत परामर्श बैठकमा गृहमन्त्री खाँडले प्राकृतिक प्रकोप न्यूनीकरण र प्रकोपपछिको उद्धारलगायत व्यवस्थापका कार्यमा सुरक्षा निकायबाहेक निकायको भूमिका सन्तोषजनक नरहेको बताएका हुन्।

विपद्को उद्धारलगायत काममा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले छिटोभन्छा छिटो जुट्ने गरेको तर अन्य निकायले भने ढिलासुस्ती गर्ने गरेको उनको भनाइ छ। विपद्पछि तत्काल राज्यको उपस्थिति नै जनताको अपेक्षा हुने गरेको भन्दै पूर्वाधार निर्माणमा सम्बन्धित निकायबीच समन्यव हुनुपर्ने उनले बताए।

प्राकृतिक विपदबाट क्षति हुने क्षेत्रमा तयारी अवस्थामा प्राविधिक राख्न पनि समस्या हुने गरेको जिकिर गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved