विश्वासको मतका लागि बागमती प्रदेशसभा तयार

मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितको आवश्यक कर्मचारी खटाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

नेपालभ्युज

विश्वासको मतका लागि बागमती प्रदेशसभा तयार
फाइल तस्वीर

हेटौँडा। बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले १० कात्तिकमा विश्वासको मत लिँदैछिन्। १० कात्तिक अपरान्ह बस्ने बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितको आवश्यक कर्मचारी खटाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

गत कात्तिक ४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकी थिइन्। उक्त प्रस्तावमाथि दलगत रुपमा प्रदेशसभाका सदस्यले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

प्रदेशसभामा अहिले सत्तापक्ष (नेकपा एमाले)का ४४, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी)का २३ जना सांसद छन्।

यस्तै, प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा एकीकृत (समाजवादी)का १३, विवेकशील साझाका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved