मेयरका छोराको बिहेमा सहभागी हुन सर्लाही जाँदै माधव नेपाल

वडा कार्यालयदेखि संरक्षण गृहसम्मको उद्घाटन गर्ने

बागमतीमा र्‍यालीपछि नेपाल हरिपुर नगरपालिकाका मेयरका छोराको बिहेमा सहभागी हुनेछन्। मंगलबार दिउँसो हरिवन नगरपालिका ५ घुर्कौलीको वडा कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

नेपालभ्युज

मेयरका छोराको बिहेमा सहभागी हुन सर्लाही जाँदै माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल आज सर्लाही जाँदैछन्। सर्लाहीमा दुई दिनसम्म हुने विभिन्न कार्यक्रममा सहभागी हुन नेपाल सर्लाही जान लागेका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपाल मंगलबार बिहान गृहजिल्ला रौतहट हुँदै सर्लाही जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। उनलाई सर्लाहीको बागमतीमा मोटरसाइकल र्‍यालीले स्वागत गरिने एकीकृत समाजवादी सर्लाही अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिए।

बागमतीमा र्‍यालीपछि नेपाल हरिपुर नगरपालिकाका मेयरका छोराको बिहेमा सहभागी हुनेछन्। मंगलबार दिउँसो हरिवन नगरपालिका ५ घुर्कौलीको वडा कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

मंगलबार साँझ भने नेपालले हरिवन नगपालिका वडा नम्बर ५ मा रहेको द्वन्द्वपीडित बालगृहका बालबालिकासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। नेपालले बुधबार लालबन्दी नगरपालिका ५ मा प्रदेशसभा सदस्य बेची लुंगेलीको संसदीय विकास कोषबाट बनेको महिला संरक्षण गृहको पनि उद्घाटन गर्ने कार्यक्रम छ।

त्यस्तै, जिल्लाको लालबन्दी नगरपालिका १५ र १६ मा पर्ने बोहरेडाँडामा उनले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिक अनावरण गर्नेछन्।

त्यसैगरी प्रदेशस्तरीय पुष्पलाल पार्कको उद्घाटन र नेकपा एकीकृत समाजवादीको सर्लाही जिल्ला कमिटी घोषणा गर्ने कार्यक्रम पनि रहेको जिल्लाका नेताहरूले जानकारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved