विदेशीलाई कोठा भाडा नदिनू र काममा नलगाउनू : गृह मन्त्रालय

नेपालभ्युज

विदेशीलाई कोठा भाडा नदिनू र काममा नलगाउनू : गृह मन्त्रालय

काठमाडौँ। गृह मन्त्रालयले परिचय नखुलेका विदेशीलाई कोठा भाडामा नदिन र काममा नलगाउन सूचना जारी गरेको छ। मन्त्रालयले सोमबार एक सूचना प्रकाशन गरी आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरूलाई भाडामा नदिन भनेको हो ।

पछिल्लो समय अफगानिस्तानबाट समेत नागरिकहरू नेपाल आउन थालेपछि गृहले यस्तो आग्रह गरेको हो । मन्त्रालयले पछिल्ला केही दिनमा कतिपय विदेशी नागरिक परिचय लुकाई नेपाल प्रवेश गरेको र बसोबास गर्ने प्रयास भइरहेको जनाउँदै सो अनुरोध गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फण्न्द्रिमणि पोखरेलले बताए ।

‘पछिल्ला केही दिनका घटनाहरूबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएकाले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरूलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरूलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ’ मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved