ग्रान्डी अस्पताल व्यवस्थापक समूहबाट बाहिरिए डा. पाण्डे

नेपालभ्युज

ग्रान्डी अस्पताल व्यवस्थापक समूहबाट बाहिरिए डा. पाण्डे

काठमाडौं। डा. चक्रराज पाण्डे धापासीस्थित ग्रान्डी अस्पतालको व्यवस्थापकीय जिम्मेवारीबाट बाहिरिएका छन्। अस्पतालको सञ्चालक समितिमा रहेका उनी साधारणसभाबाट संञ्चालक समिति सदस्य र मेडिकल निर्देशकका रुपमा औपचारिक रुपमा बिदा भएका हुन्।

सञ्चालक समिति अध्यक्ष दीपक कुँवरसँग सम्बन्ध बिग्रिएपछि उनले अस्पताल छाडेको बताइन्छ। डा पाण्डेले ग्राण्डी अस्पताल आफ्नै परिकल्पनामा बनाएको बताउँदै आएका थिए।

अस्पतालमा रुपज्योति र उपेन्द्र महतोको २५–२५ प्रतिशत शेयर रहेको छ। डा. पाण्डेसहित ग्राण्डीमा १ सय २६ जना लगानीकर्ता छन्। ग्रान्डी अस्पतालमा झण्डै १ हजार कर्मचारी कार्यरत छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved